Like us!
Follow us!

फर्स्ट माइक्रोफाइनान्सको १३.६८% लाभांश मंसिर १८ गते पारित हुँदै, बुकक्लोज कहिले ?

फर्स्ट माइक्रोफाइनान्सको १३.६८% लाभांश मंसिर १८ गते पारित हुँदै, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  ११ औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे हिजाे (कार्तिक २२ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे  ११ औँ वार्षिक साधारण सभा मंसिर १८ गते, बिहीबार आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाकाे भाद्र १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ५ गते, शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएकाे छ । त्यसैले, मंसिर ४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa7b40b7cda3.jpg 5fa7b41295bb7.jpg 5fa7b41a1e4ed.jpg 5fa7b421c0cf6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।