Like us!
Follow us!

गुराँस लघुवित्तले बनायो शेयरधनीलाई निराश !

गुराँस लघुवित्तले बनायो शेयरधनीलाई निराश !

लगानी खबर, काठमाडौँ - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

संस्थाकाे कार्तिक २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे आर्थिक वर्ष २०७६/७७ को वासलात, आम्दानी तथा नाफा नोक्सान हिसाब लगायतका विवरणहरू सहितकाे वार्षिक एकिकृत विवरण र साे सँग सम्बन्धित अनुसूचीहरू सञ्चालक समितिबाट स्विकृत गरी नियामक निकाय नेपाल राष्ट्र बैंकमा वार्षिक साधारण सभा गर्ने स्विकृतिकाे लागि पेश गर्ने निर्णय गरेकाे छ ।

साेही कुरा बताउँदै संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि बाेनस शेयर तथा लाभांश वितरण नगर्ने निर्णय भएकाे जानकारी गराएकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa77ccaf3496.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।