Like us!
Follow us!

कुमारी बैंकको लाभांश परिमार्जन : बढ्यो बोनस !

कुमारी बैंकको लाभांश परिमार्जन : बढ्यो बोनस !

लगानी खबर, काठमाडौं – कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेकाे छ । कुल लाभांश भने यथावत रहने गरी नगद तथा बाेनस शेयरकाे संरचना मात्र परिवर्तन गरिएकाे बैंकले जनाएकाे छ । 

बैंककाे कार्तिक २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंककाे कार्तिक ५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियाे । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5fa7770e62b2a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।