Like us!
Follow us!

सिद्धार्थ बैंकले ल्यायाे कृषि तथा पशुपालन कर्जा, यस्ता छन् फाइदा !

सिद्धार्थ बैंकले ल्यायाे कृषि तथा पशुपालन कर्जा, यस्ता छन् फाइदा !

लगानी खबर, काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ 'व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ याेजना सञ्चालनमा ल्याएकाे छ । 

यस योजना अन्तर्गत बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन तथा विकासका लागि १० करोड रुपैयाँ कर्जा दिनेछ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी देशमा उत्पादन एवंम रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कर्जा सुविधा सञ्चालनमा ल्याइएकाे बैंकले जनाएकाे छ ।

त्यसैगरी, सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कर्जाको अवधि १५ वर्षसम्मको हुने र व्याज अनुदान ५ वर्षसम्म प्राप्त हुने समेत बैंकले जानकारी दिएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।