Like us!
Follow us!

मिथिला लघुवित्तको नाफा २४२.५२% ले बढ्दा चम्किए अधिकांश सूचक !

मिथिला लघुवित्तको नाफा २४२.५२% ले बढ्दा चम्किए अधिकांश सूचक !

लगानी खबर, काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २४२.५२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४६ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा संस्थाले २ करोड ५६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३६.१३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि २००.४१ प्रतिशतले बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७१ लाख ८४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार रुपैयाँ, जगेडा कोषमा ८ करोड ४५ लाख ६७ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa4fd9924516.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।