Like us!
Follow us!

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा !

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा !

लगानी खबर, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंक लिमिटेडले चीनको अदालतमा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनी विरुद्दको मुद्दा जितेका छन् । याे सँगै अब दुवै बैंकले डेढ अर्ब रकम फिर्ता पाउने भएका छन् ।

दुवै बैंकले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनीका तर्फबाट काउन्टर ग्यारेन्टी बसेका थिए । बैंक अफ काठमाण्डूको ८५ करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए । ठेक्का पाएको कम्पनी कामै नगरी विविध कारण देखाउँदै ठेक्का ताेडेर केहि रकम भुक्तानी लिएर भागेका थिए ।

यसैगरी, सुरुमा जिल्ला अदालत बेजिङमा नेपालका दुई बैंकले उक्त मुद्दा हारेका थिए । सो पछि अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अदालतमा सो मुद्दामा पुनरावेदन दिएका थिए । सो मुद्दा भने नेपालका दुई बैंकको पक्षमा फैसला भएको थियो । फेरि उच्च अदालतबाट जिल्ला आदालतमा फर्किएको सो मुद्दामा आज शुक्रबार नेपालका बैंकको पक्षमा फैसला भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।