Like us!
Follow us!

लुम्बिनी विकास बैंकको नाफा १५.४५% ले बढ्यो, अन्य सूचक कस्ता ? (विवरणसहित)

लुम्बिनी विकास बैंकको नाफा १५.४५% ले बढ्यो, अन्य सूचक कस्ता ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ९ करोड ६७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २३ प्रतिशत अर्थात ५ करोड ७४ लाख ७ हजार रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३० करोड ६९ लाख ४२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले १५ करोड ९६ लाख ५० हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १५.३४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १३ करोड ८४ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa4e6e4c162f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।