Like us!
Follow us!

तिनाउ मिसनले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

तिनाउ मिसनले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।

बैंकको असार २५ गते सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १२ प्रतिशत बाेनस शेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा कार्तिक १९ गते, बुधबारदेखि नै जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत भइसकेको छ । 

त्यसैगरी, बैंकले २०७६ साल असार ३१ गतेपश्चात् शेयर खरीद गरी कायम भएका शेयरधनीहरूले बाेनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयंमले भुक्तानी गर्नुपर्ने बताउँदै कर बापतकाे रकम जम्मा गरेपश्चात् मात्र बाेनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने जानकारी दिएकाे छ । कर तिर्नका लागि सिद्दार्थ बैंक लिमिटेडकाे हात्तिसार, काठमाडाैँकाे खाताकाे नाम BONUSTAX/TNBL/7576 र खाता नम्बर ००११६३३५२८६ मा जम्मा गर्नुपर्नेछ ।

बैंक​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fa4db8ed214b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।