Like us!
Follow us!

आइपिओ ल्याउन लागेको सयपत्री हाईड्रोपावरको सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा !

आइपिओ ल्याउन लागेको सयपत्री हाईड्रोपावरको सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - सयपत्री हाईड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) हुँदैछ । 

कम्पनीको असोज २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैथाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) कम्पनीकाे रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडाैँमा अपरान्ह १ बजेबाट सुरू हुनेछ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

यस्तै, कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ । बागलुङ्ग जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f895021ca720.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।