Like us!
Follow us!

भर्खरै आइपिओ ल्याएको रिलायन्स लाइफको नाफासँगै अधिकांश सूचकमा चमक (विवरणसहित)

भर्खरै आइपिओ ल्याएको रिलायन्स लाइफको नाफासँगै अधिकांश सूचकमा चमक (विवरणसहित)

लगानीखबर  काठमाडाैं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ३ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ६२ दशमलव ४३ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ९१ दशमलव ९७ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले २४ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि १४६ दशमलव ९१ प्रतिशतले  बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ र जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5fa4b4a626d76.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।