Like us!
Follow us!

यी २ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, के-के छन् एजेन्डा ?

यी २ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं – भाेलि (शुक्रबार) विभिन्न २ वटा कम्पनीकाे वार्षिक साधारण सभा हुँदैछ । सानिमा क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडकाे साधारण सभा शुक्रबार हुन लागेकाे हाे । 

१. सानिमा क्यापिटल लिमिटेड :

सानिमा क्यापिटल लिमिटेडकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा कार्तिक २१ गते शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम ८.५ प्रतिशतका दरले नगद लाभांश  वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

२.  सिद्धार्थ क्यापिटल लिमिटेड :

सिद्धार्थ क्यापिटल लिमिटेडकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा कार्तिक २१ गते, सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा साँझकाे ३ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश  (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।