Like us!
Follow us!

४.४७ अंकले घट्यो शेयर बजार : ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

४.४७ अंकले घट्यो शेयर बजार : ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.४७ अंकले घटेर एक हजार ६३६.१७ मा पुगेकाे छ । नेप्से ०.२७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.१४ अंकले घटेर ३२४.३६ मा पुगेको छ ।

कूल २०० वटा कम्पनीकाे ९१ लाख २३ हजार ८ सय ९६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८४ करोड २४ लाख ६९ हजार एक सय ७७ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

त्यसैगरी, बिहीबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, गाेर्खाज फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

           हेराैं आजकाे शेयर तालिका :

5fa3c587d8b91.jpg 5fa3c58ddf420.jpg 5fa3c59b0f12c.jpg 5fa3c5a1f29f5.jpg 5fa3c5aaa2277.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।