लगानी खबर, काठमाडौँ - ग्रिनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे कार्तिक ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ र एघाराैँ वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, कमलपाेखरी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, सञ्चालकहरूकाे पारिश्रमिक अनुमाेदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।