Like us!
Follow us!

आरम्भ चौतारी लघुवित्तको नाफामा सामान्य सुधार, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

आरम्भ चौतारी लघुवित्तको नाफामा सामान्य सुधार, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

लगानी खबर, काठमाडौँ - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड २९ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ४.८८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा संस्थाले ५ करोड ६३ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५७.१४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ५८ लाख ३९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि ४.८८ प्रतिशतले बढेर २ करोड ३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ९४ लाख ४२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँ, जगेडा कोषमा ८ करोड २७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ४२ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa3b4a0345dd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।