Like us!
Follow us!

लाभांश पारित गर्न बैंक अफ काठमाण्डूले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न बैंक अफ काठमाण्डूले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

बैंककाे आज (कार्तिक २० गते बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा मंसिर १५ गते, साेमबार बैंककाे प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियाे कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ ।

सभामा बैंककाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि कार्तिक २८ गते, शुक्रबारदेखि मंसिर १५ गते, साेमबारसम्म बैंककाे बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa3a79fee6b9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।