Like us!
Follow us!

प्राइम बैंकको नाफासँगै अधिकांश सूचकमा चमक (विवरणसहित)

प्राइम बैंकको नाफासँगै अधिकांश सूचकमा चमक (विवरणसहित)

लगानी खबर, काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकहरूमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५४.२४ प्रतिशत अर्थात् ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा बैंकले १ अर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४६.२३ प्रतिशत अर्थात ४९ करोड ३ लाख ३१ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ५ लाख ५ हजार  रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ५३.२७ प्रतिशत अर्थात ५० करोड ३१ लाख ५४ हजार रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ९४ करोड ४४ लाख ९७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २९ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa3a0316c34e.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।