Like us!
Follow us!

एक्साइडको नयाँ ब्याट्री बजारमा : यस्ता छन् विशेषता !

एक्साइडको नयाँ ब्याट्री बजारमा : यस्ता छन् विशेषता !

लगानी खबर, काठमाडौँ - एक्साइड इन्डस्टि्रजका नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ७४ एम्पियरको ईपीआईक्यु डिन ब्याट्री ल्याएको छ ।

ईपीआईक्यु डिन ७४ ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री रहेकाे र यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउने हुँदा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समय सम्म टिक्ने सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेश कुमार तिवारीले बताएका छन् ।

यो ईपीआईक्यु डिन ७४ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र होइन छिटो चार्ज पनि हुने गर्दछ । ईपीआईक्यु डिन ७४ ब्याट्रीमा जडित डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेसनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने पनि तिवारीले बताए ।

ईपीआईक्यु डिन ७४ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुदैन । सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर ईपीआईक्यु डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन । त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।