Like us!
Follow us!

अटोमोटिभ ब्रान्डको उत्कृष्ट ५ औँ ब्राण्ड बन्याे हुन्डाई

अटोमोटिभ ब्रान्डको उत्कृष्ट ५ औँ ब्राण्ड बन्याे हुन्डाई

लगानी खबर, काठमाडौं – हुन्डाई मोटर अटोमोटिभ ब्राण्डको ५औँ ब्राण्ड बन्न सफल भएको छ । हुन्डाई अटोमोटिभ ब्राण्डको ५औँ र समग्रमा ३६औँ ब्राण्ड बन्न सफल भएको इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० ले जनाएकाे छ  । 

हुन्डाई मोटरले विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ । कम्पनीले हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि गर्दै आएको बताइएको छ । 

पछिल्लो ६ वर्ष देखि कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक नम्बरमा रहँदै आएको छ । हुन्डाइ गत १५ वर्ष देखि लगातार उत्कृष्ट सयको सुचीमा रहँदै आएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।