Like us!
Follow us!

सिटिजन्स बैंकको लाभांश परिमार्जन : बढ्यो बोनस !

सिटिजन्स बैंकको लाभांश परिमार्जन : बढ्यो बोनस !

लगानी खबर, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेकाे छ । कुल लाभांश भने यथावत रहने गरी नगद तथा बाेनस शेयरकाे संरचना मात्र परिवर्तन गरिएकाे बैंकले जनाएकाे छ । 

बैंककाे हिजाे हिजाे (कार्तिक १९ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंककाे कार्तिक ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियाे । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa389c70fa94.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।