Like us!
Follow us!

मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ ।

संस्थाकाे आज (कार्तिक १९ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १६.९३९९ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १७.८३१५ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa29429e5156.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।