Like us!
Follow us!

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

लगानी खबर, काठमाडौँ - प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (बुधबार) देखि नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नाे २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको हाे ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।