लगानी खबर, काठमाडौँ - स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ७४.१२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ९१ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
पहिलो त्रैमासमा संस्थाले ९ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३०.७२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ६० लाख ८७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि ७४.१२ प्रतिशतले बढेर ५ करोड २४ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ, जगेडा कोषमा १३ करोड ६८ लाख २२ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।