Like us!
Follow us!

ऋणपत्र निष्कासन गर्न बोर्डको ढोकामा कामना सेवा बैंक !

ऋणपत्र निष्कासन गर्न बोर्डको ढोकामा कामना सेवा बैंक !

लगानी खबर, काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । बैंकले कार्तिक ३ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

बैंकले १० वर्ष अवधिको लागि १ अर्ब रुपैयाँ बराबरको ‘१० वर्ष, ९.५ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेकाे १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।