Like us!
Follow us!

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड !

युनाईटेड इदी–मर्दीको आइपिओ बाँडफाँड !

लगानी खबर, काठमाडौँ - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आइपिओ) काे बाँडफाँड गरिएकाे छ । कम्पनीले रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमाेजिम १ लाख ७६ हजार ९० कित्ता शेयर कार्तिक १७ गते, साेमबार बाँडफाँड गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

 यसैगरी, नेपाल धिताेपत्र बाेर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको छ । कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन गर्याे अब दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa233c4968d8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।