Like us!
Follow us!

आरएमडीसी लघुवित्तकाे नाफामा गिरावट, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

आरएमडीसी लघुवित्तकाे नाफामा गिरावट, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

लगानी खबर, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ६ करोड ५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १ करोड २९ लाख २४ हजार रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा संस्थाले १० करोड १८ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १ करोड ६७ लाख ४५ हजार रूपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ११ कराेड ८५ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा सञ्चालन मुनाफामा पनि गिरावट देखिएकाे छ । संस्थाकाे सञ्चालन मुनाफा १ करोड ९४ लाख ७३ हजार रुपैयाँले घटेर ९ करोड ६१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा र प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa20fe7488b9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।