लगानी खबर, काठमाडौं – धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) बाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कारोबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजाे नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।
हिजाे मंगलबार कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एसजिआइ (SGI) संकेत प्रदान गरिएको छ ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।