Like us!
Follow us!

ऋणपत्र निष्कासन गर्न बोर्डको ढोकामा प्राइम बैंक !

ऋणपत्र निष्कासन गर्न बोर्डको ढोकामा प्राइम बैंक !

लगानी खबर, काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । बैंकले कार्तिक १४ गते शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

बैंकले ८ वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाम गरेकाे ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २१ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।