Like us!
Follow us!

एनएमबि बैंकले ल्यायो 'एनएमबि सापटी' : २४ औं घण्टा र सातौं दिन प्रदान गरिने

एनएमबि बैंकले ल्यायो 'एनएमबि सापटी' : २४ औं घण्टा र सातौं दिन प्रदान गरिने

लगानी खबर, काठमाडौँ - एनएमबि बैंक लिमिटेडले 'एनएमबि सापटी' याेजना सार्वजनिक गरेकाे छ । 'एनएमबि सापटी', एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा शुरू गरिएकाे जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बैंकले जानकारी दिएकाे छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ औं घण्टा र सातौं दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो ।

यसैगरी, एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिकोलागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म २४ औं घण्टा र सातौं दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ ।

त्यस्तै, ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्ने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।