लगानी खबर, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज २५ गते, आइतबारदेखि कार्तिक २ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (कात्तिक १८ गते, मंगलबार) खोलिएकाे छ । उक्त शेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।
प्रारम्भिक विवरण अनुसार लिलामी शेयरमा सर्वसाधारण समुह तर्फ ६ सय ४५ रुपैयाँ कट अफ कायम भएको छ भने संस्थापक समूहको लिलामी शेयरमा २ सय ५४ रुपैयाँ कट अफ आएको निष्कासन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएकाे छ । तर अन्तिम तथ्यांक भने आइसकेकाे छैन ।
संस्थाले श्रावण २५ गतेदेखि भाद्र २९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे ११ हजार ६ सय ८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८ सय ४२ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।