Like us!
Follow us!

५.४० अंकले बढ्यो बजार : ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

५.४० अंकले बढ्यो बजार : ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार !

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.४० अंकले बढेर एक हजार ६४३.०४ मा पुगेकाे छ । नेप्से ०.३३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१४ अंकले बढेर ३२६.६० मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीकाे ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, मंगलबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 हेराैं आजकाे शेयर तालिका :

5fa122ec3d1e3.jpg 5fa122f3ae950.jpg 5fa122fc85843.jpg 5fa12303d5fac.jpg 5fa1230b76c1f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।