Like us!
Follow us!

सिभिल लघुवित्तको लिलामी शेयरको बोलपत्र आज खोलिँदै !

सिभिल लघुवित्तको लिलामी शेयरको बोलपत्र आज खोलिँदै !

लगानी खबर, काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज २५ गते, आइतबारदेखि कार्तिक २ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (कात्तिक १८ गते, मंगलबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू आज मंगलबार अहिले १ बजे सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी, काठमाडाैँमा खाेलिने निष्कासन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएकाे छ ।

संस्थाले श्रावण २५ गतेदेखि भाद्र २९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे ११ हजार ६ सय ८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८ सय ४२ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9f6af5a387d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।