Like us!
Follow us!

समाज लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक !

समाज लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक !

लगानी खबर, काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेकाे थियो । संस्थाले ६ करोड ३५ लाख ४४ हजार रूपैयाँ खराब कर्जा संकलन गरेकाले नाफामा उल्लेख्य वृद्धि गर्न मद्दत पुगेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ लाख ४१ हजार रूपैयाँ खराब कर्जा संकलन गरेकाे थियाे । 

पहिलो त्रैमासमा संस्थाले  २९ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २४७.७३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्था सञ्चालन घाटामा रहेको छ । गत वर्ष २ लाख ३७ हजार रुपैयाँ रहेको सञ्चालन नोक्सान यस वर्ष बढेर ५ करोड ९६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २ करोड रुपैयाँ, जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १० पैसा रहेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।