Like us!
Follow us!

तिनाउ मिसनले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

तिनाउ मिसनले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे (कार्तिक १७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १९ गते साेमबार बैंकको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६.६७ प्रतिशत शेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशाेधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेकाे हाे ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त कार्तिक २६ गते, बुधबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, कार्तिक २५ गते,मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa0f67336b18.jpg 5fa0f67bb775b.jpg 5fa0f682dca13.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।