Like us!
Follow us!

ज्योति विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने !

ज्योति विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने !

लगानी खबर, काठमाडौँ - ज्योति विकास बैंक लिमिटेडले ३.३५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) एक सूचना प्रकाशन गर्दै हाल रहेको संस्थापक समुहको ५४.३५ प्रतिशत संस्थापक शेयरमध्ये ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने जानकारी दिएकाे हाे ।

बैंकको हिजाे (कार्तिक १७ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले शेयर परिणत गर्नको लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने र पुरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa0f102bdc24.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।