Like us!
Follow us!

नेको इन्स्योरेन्सको शेयर नपाउनेलाई पैसा फिर्ता !

नेको इन्स्योरेन्सको शेयर नपाउनेलाई पैसा फिर्ता !

लगानी खबर, काठमाडौँ - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्विन २० गते, मंगलबारबाट  कार्तिक ४ गते, मंगलबारसम्म लिलामी मार्फत बिक्री गरेकाे संस्थापक समूहकाे शेयर कार्तिक १५ गते, शनिबार बाँडफाँड गरिएकाे छ । 

त्यसैगरी, शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम आज (कार्तिक १८ गते, मंगलबार) देखि फिर्ता हुने भएको छ । आवेदकले उक्त रकम आइपीएस मार्फत आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् । 

कम्पनीले संस्थापक समूहकाे १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री खुल्ला गरेकाे थियाे । कम्पनीकाे  बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa0e42e35ae1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।