लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले १० वर्ष अवधिकाे "विकास ऋणपत्र २०८७ (घ)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।
यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल कार्तिक १९ गते बुधबार अपरान्ह २ बजेसम्म हुनेछ । २०७७ साल कार्तिक २० गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८७ साल कार्तिक २० गते भुक्तानी हुनेछ ।
त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् ३ अर्ब रूपैयाँ छुट्याइएको छ ।
राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।