Like us!
Follow us!

प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा

प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा

लगानी खबर, काठमाडौँ - प्रभु बैंक लिमिटेडले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा आजदेखि आफ्नाे एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा आज बिहान १० बजे गण्डकी प्रदेशका प्रदेश सभासद माननिय कृष्ण बहादुर थापाले एक समारोहका बिच मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरूलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरूले बुझाउनु पर्ने जुनसुकै रकम बिना झण्झट सरल एवं सहज रूपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन् । 

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात्  मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
                               

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।