Like us!
Follow us!

१७ वटा कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदै ?

१७ वटा कम्पनीको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदै ?

लगानी खबर, काठमाडौं – विभिन्न १७ वटा कम्पनीहरूले वार्षिक साधारण सभा आह्वान गरेका छन् ।

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड​ :

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १४औं वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीकाे  रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजेबाट वेबिनार मार्फत सञ्चालन हुनेछ ।त्यसैगरी, सभामा कम्पनीको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कात्तिक २५ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, कार्तिक २४ गते साेमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

२. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक ३ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौँमा बिहान १०:३० बजेबाट सुरु हुनेछ ।त्यसैगरी, सभामा कम्पनीकाे भाद्र १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस शेयर र सो मा  लाग्ने कर वापत ५१  लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । कम्पनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारकाे विशेष सुरक्षा अपनाउन आग्रह गरेकाे छ । 

३. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा कार्तिक २६ गते , बुधबार,कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । 

४. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड :

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गते, बुधबार, बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा बैंकले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) काे छिनाेफानाे गरिनेछ । बैंकले यसअघिकाे साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । तर शेयर निष्कासन कार्यले मुर्त रूप नपाइसकेकाे हुनाले फेरि पारित गर्न लागिएकाे बैंकले जनाएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे २०७७ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

५. ओरियन्टल होटल्स लिमिटेड :

ओरियन्टल होटल्स लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औं वार्षिक साधारण सभा मंसिर ४ गते बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट सञ्चालन बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी,  कम्पनीले साधारण सभा प्रयाेजनका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म कम्पनीकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. सानिमा बैंक लिमिटेड :

सानिमा बैंक लिमिटेडकाे कार्तिक ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १६औंं वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । यसैगरी, सभामा बैंककाे असाेज २७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ । बैंकले साधारण सभा प्रयाेजनका लागि कार्तिक १७ गते, साेमबार एक दिनका लागि बुक क्लोज गरेको छ । त्यसैले, कार्तिक १६ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. अपि पावर कम्पनी लिमिटेड :

अपि पावर कम्पनी लिमिटेडकाे कार्तिक १४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १६औंं तथा १७औंं वार्षिक साधारण सभा मंसिर ८ गते, साेमबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँबाट भर्चुअल माध्यम मार्फत बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ । यस्तै, कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरिसकेको छ। त्यसैले, चैत्र १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, सो भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले समेत आव २०७६/७७ को खुद मुनाफा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६  र २०७६/७७  को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

८. शिवम सिमेन्ट लिमिटेड :

शिवम सिमेन्ट लिमिटेडकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक २४ गते साेमबार, भर्चुअल माध्यमबाट कम्पनीकाे कर्पाेरेट कार्यालय, अनामनगरकाे सभाहल, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । यसैगरी, सभाले कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि कार्तिक १३ गते, बिहीबार एक दिनका लागि बुक क्लोज गरेको छ । त्यसैले, कार्तिक १२ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड :

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार पाचाैँ वार्षिक साधारण सभा कार्तिक २७ गते बिहीबार, नेपाल एसबिआई बैंककाे केन्द्रिय कार्यालयकाे सभाहल, केशरमहल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

१०. नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड :

नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडकाे कार्तिक १३ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा मंसिर ७ गते, आइतबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसाे २ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीकाे २ प्रतिशतले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र कम्पनीकाे रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

११. कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड :

कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडकाे कार्तिक ६ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार जेडिए बिल्डिङ सुन्धारा, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । यसका साथै, कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभिने सम्बन्धी भएको अन्तिम सहमतिपत्र पनि पारित गरिनेछ ।

१२. माछापुच्छ्रे क्यापिटल लिमिटेड :

माछापुच्छ्रे क्यापिटल लिमिटेडकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पहिलाे वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, एमबिएल टावर, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । यसका साथै, कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

१३. बिओके क्यापिटल लिमिटेड :

बिओके क्यापिटल लिमिटेडकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसाे १ बजेदेखि विद्युतीय माध्यमबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यसैगरी, सभामा चुक्ता पुँजीको ४.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

१४. सिईडिबि हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड :

सिईडिबि हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको कार्तिक ६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा कार्तिक २८ गते शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा दिउँसाेकाे ३:३० बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/ ७५ र आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/ ७६ को लाभांश पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

१५. नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड :

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे असाेज २५ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा कार्तिक २६ गते, बुधबार काठमाडौं प्लाजा, कम्पनीकाे सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम २० प्रतिशतका दरले नगद लाभांश  (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । क्यापिटलमा नबिल बैंक लिमिटेडकाे शतप्रतिशत लगानी रहेकाे हुनाले याे लाभांश बैंकले पाउने छ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

१६. सानिमा क्यापिटल लिमिटेड :

सानिमा क्यापिटल लिमिटेडकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा कार्तिक २१ गते शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम ८.५ प्रतिशतका दरले नगद लाभांश  वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

१७. सिद्धार्थ क्यापिटल लिमिटेड :

सिद्धार्थ क्यापिटल लिमिटेडकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा कार्तिक २१ गते, सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा साँझकाे ३ बजेबाट सुरू हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश  (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।