Like us!
Follow us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि १० कराेड रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७७ साल माघ २० गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनकाे अवधिकाे लागि १ अर्ब ५६ कराेड रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक १६ गते परिपक्क हुनेछ ।

त्यसैगरी, आज (कार्तिक १७ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (कार्तिक १८ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

5f9e67467e47f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।