लगानीखबर काठमाडाैं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ९१ दशमलव ८७ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३ करोड ७६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले २८ करोड ४२ लाख ६४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
कम्पनीकाे जीवन बिमा कोषको आकार पनि १४७ दशमलव ५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ९१ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २३ पैसा रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । आइपीओ निष्कासन गरेपश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।