Like us!
Follow us!

नेपाल एसबिआई मर्चेन्टको साधारण सभा कार्तिक २७ गते हुँदै, के-के छन् एजेन्डा ?

नेपाल एसबिआई मर्चेन्टको साधारण सभा कार्तिक २७ गते हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाचाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक २७ गते बिहीबार, नेपाल एसबिआई बैंककाे केन्द्रिय कार्यालयकाे सभाहल, केशरमहल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9f8d9a93129.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।