Like us!
Follow us!

थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए संक्रमित ?

थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए संक्रमित ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या एक लाख ७३ हजार ५ सय ६७ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । जसमध्ये, काठमाडौँ उपत्यकाका एक हजार ६ सय २२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा १ हजार ३ सय ६२ भक्तपुरका ९६ र ललितपुरका १ सय ६४ जनामा संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, आइतबार थप ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३४ हजार ८ सय ४२ जना पुगेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।