Like us!
Follow us!

पिपुल्स इन्भेष्टमेन्टले एकैपटक बोलायो संयुक्त साधारण सभा, मर्जरको विशेष प्रस्ताव !

पिपुल्स इन्भेष्टमेन्टले एकैपटक बोलायो संयुक्त साधारण सभा, मर्जरको विशेष प्रस्ताव !

लगानी खबर, काठमाडौँ - पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे १२औं र १३औं वार्षिक साधारण सभा मंसिर ७ गते, आइतबार हाेटेल ल्यान्डमार्क, दरबारमार्ग, काठमाडौंमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

सभामा कन्चनजघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड दुवै कम्पनीहरु एक आपसमा गाभ्ने। गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको बैठकले गरेको निर्णयहरु अनुमोदन गरिनेछ ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६  र २०७६/७७  को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9e8a2182f32.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।