लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.७२ अंकले घटेर एक हजार ६४०.९५ मा पुगेकाे छ । नेप्से ०.२९ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४१ अंकले घटेर ३२६.६३ मा पुगेको छ ।
कूल १९६ वटा कम्पनीकाे एक कराेड ६ लाख २६ हजार ५ सय १४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ७ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर बढेकाे छ ।
त्यसैगरी, आइतबार ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बिशाल बजार कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।