Like us!
Follow us!

नेप्सेमा सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार कित्ता शेयर सूचिकृत तथा कारोबार फुक्का !

नेप्सेमा सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार कित्ता शेयर सूचिकृत तथा कारोबार फुक्का !

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुक्का भएकाे छ ।

स्टकका अनुसार नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (कार्तिक १६ गते, आइतबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9e76c5649e4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।