Like us!
Follow us!

कति आयो एनसीसी बैंकको लिलामी शेयरको कट अफ प्राइस ?

कति आयो एनसीसी बैंकको लिलामी शेयरको कट अफ प्राइस ?

लगानी खबर, काठमाडौँ -  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) आश्विन २ गते, शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म बिक्री गरेकाे संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू आज (कात्तिक १६ गते, आइतबार) खोलिएकाे छ । उक्त शेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।

प्रारम्भिक विवरण अनुसार लिलामी शेयरमा ११६ रुपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएकाे छ । तर अन्तिम तथ्यांक भने आइसकेकाे छैन ।

बैंकले नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे बैंककाे ५ लाख कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री खुल्ला गरेकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।