Like us!
Follow us!

कुमारी बैंकको फोन लोन सुविधा सञ्चालनमा

कुमारी बैंकको फोन लोन सुविधा सञ्चालनमा

लगानी खबर, काठमाडौँ - कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि फोन लोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरूलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरूले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रूपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्नेछैन ।

ग्राहकहरूलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरूमा कुमारी बैंक लिमिटेडले आफ्ना सेवाहरूलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने बैंकले विश्वास दिलाएकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।