Like us!
Follow us!

नेपाल बङ्गलादेश क्यापिटलले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

नेपाल बङ्गलादेश क्यापिटलले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक १३ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा मंसिर ७ गते, आइतबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसाे २ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीकाे २ प्रतिशतले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र कम्पनीकाे रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9e4c5a1d953.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।