Like us!
Follow us!

एनसीसी बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै !

एनसीसी बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै !

लगानी खबर, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसीसी) आश्विन २ गते, शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म बिक्री गरेकाे संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू आज (कात्तिक १६ गते, आइतबार) खाेलिँदै छ । बैंकले नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे बैंककाे ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री खुल्ला गरेकाे थियाे ।

उपत्यका बाहिरबाट आवेदन दिनेको बाेलपत्रहरू बिहान ११.३० बजेदेखि र उपत्यकाबाट आवेदन दिनेको बाेलपत्रहरू दिउँसो १२ बजेदेखि बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले सिमित व्यक्तिकाे माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9ba344219a8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।