Like us!
Follow us!

लाभांश पारित गर्न अपि पावरले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

लाभांश पारित गर्न अपि पावरले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले सोह्रौँ र सत्रौँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक १४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १६औंं तथा १७औंं वार्षिक साधारण सभा मंसिर ८ गते, साेमबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँबाट भर्चुअल माध्यम मार्फत बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ ।

यस्तै, कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरिसकेको छ। त्यसैले, चैत्र १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, सो भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु तथा १६ औँ वार्षिक साधारण सभामा प्रस्तावित ५ प्रतिशतका दरले लाभांश प्राप्त गर्ने शेयरधनीहरुले समेत आव २०७६/७७ को खुद मुनाफा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६  र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६  र २०७६/७७  को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9e1b69837d4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।